काठमाडाैं, १७ कात्तिक । नेपाली कांग्रेसका शीर्ष नेताहरूको ध्यान १४ औं महाधिवेशनमा केन्द्रित हुँदा पार्टीका सबै संयन्त्र निष्क्रिय बनेका छन् ।
फागुनमा कांग्रेसको १३ औं महाधिवेशन गरेको चार वर्ष पूरा हुँदैछ । तर थप एक वर्ष समय लिने नेताहरुबीच समझदारी बनेपनि एकले अर्कोलाई कमजोर साबित गर्न सक्रिय हुँदा पार्टी संरचनाहरू कमजोर बन्न पुगेका छन् ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि कांग्रेसले सांगठनिक र वैचारिक रुपमा आफूलाई प्रस्ट्याउँदै संगठन निर्माणमा जुट्नुपर्ने कार्यकर्ताको आकांक्षा भए पनि नेताहरुको ध्यान भने महाधिवेशनमा मात्र केन्द्रित हुँदा पार्टीका निकायहरु मात्र होइन, भातृ तथा शुभेच्छुृक संगठनहरु पनि लथालिंग बनेका छन् । नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया