५ कार्तिक २०८३, बिहिबार

नेकपाका नेताकाे स्वार्थमा गाउँपालिकाका टुक्राउने तयारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाेलखा, १७ कात्तिक । एउटा गाउँपालिकाभित्रको विवाद सल्टाउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको राजनीतिक स्वार्थमा जिल्लाको कालिञ्चोक गाउँपालिका टुक्र्याउने तयारी थालिएको छ ।

तत्कालीन नेकपा एमालेले जितेको जिल्लाको उत्तरी कालिञ्चोक गाउँपालिकामा प्रशासनिक केन्द्रको विषयलाई लिएर अध्यक्ष र उपाध्यक्षबीचको टकराव समाधान गर्न नसकेपछि गाउँपालिका फुटाउने निष्कर्षमो दोलखा नेकपा पुगेको हो ।

यो गाउँपालिकाका नौवटा वडामध्ये दुईवटामा अध्यक्षसहित ‘सेट’ नै काँग्रेसले जितेको थियो । तीबाहेक पालिकाभरी अन्य सबै पदमा नेकपाका जनप्रतिनिधि छन् ।

अध्यक्ष र उपाध्यक्ष साथै नेताहरुबीचको विवाद समाधान गर्न नेकपाले गाउँपालिकाको वडा ७,८,९ लाई भीमेश्वर नगरपालिकामा गाभ्न र १ देखि ६ सम्मका वडा टुक्र्याउने खाका अघि सारेको हो । नागरिक दैनिकले खबर छापेकाे छ ।