५ कार्तिक २०८३, बिहिबार

पेट्रोल पम्प संचालक साहको हत्याको विरोधमा प्रदेश २ को पेट्रोल पम्प बन्द

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० कात्तिक । पेट्रोल पम्प संचालकको हत्याको विरोधमा पेट्रोलियम व्यवसायीले प्रदेश २ का पेट्रोल पम्प बन्द गरेका छन् । जनकपुरधामका पेट्रोल पम्प संचालक मनोज साहको हत्या भएको बिरोधमा शनिवार पम्प बन्द गरेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले जनाएको छ ।

एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधान र महासचिव विश्व अर्यालले विज्ञप्ति प्रकाशित गरी हत्याको विरोध स्वरुप कारोबार बन्द गर्न आह्वान गरेका थिए ।

अत्यावश्यक पेट्रोलियम पदार्थ बिक्री नभएपछि उपभोक्ता मारमा परेका छन्। धनुषाका सबै पम्पहरु दिनभर बन्द भएका थिए भने प्रदेश नं २ अन्तर्गतका अन्य जिल्लामा केही घण्टा बन्द भएका थिए । पेट्रोलियम व्यवसायी असुरक्षित भएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् ।

यता नेपाल आयल निमगले तिहारमा इन्धन अभाव हुन नदिन बिदाका दिन पनि मुलुकभरका सबै डिपो खुल्ला राखेर पेट्रोलियम पदार्थ बिक्री गर्ने जनाएको छ ।

चाडपर्वको बेला इन्धनको नियमित रुपमा इन्धन बिक्री गर्ने निगमले जनाएको छ । निगमले पेट्रोल पम्पलाई डिजेल तथा पेट्रोल मौज्दात राख्न पनि निर्देशन दिएको छ।

चाडपर्वमा यातायातका साधानका लागि इन्धन अतिवाश्यक रहेकाले वितरणको व्यवस्था मिलाएको हो । यो समाचार नागरिक न्युजले प्रकाशित गरेको छ ।