बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

बेथिति र उल्झनको चपेटामा स्वास्थ्य मन्त्रालय : अधिकांश कार्ययोजना कार्यान्वनयमा छैनन्

दैनिक नेपाल २०७६ कार्तिक ७ गते ७:५३

काठमाडौं, ७ कात्तिक । मुलुकको समग्र स्वास्थ्य क्षेत्रको नीति तर्जुमादेखि कार्यान्वयन गर्नेसम्मको जिम्मेवारी पाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथिति नै बेथितीको चाङले थला परेको छ ।

मन्त्रालय नै बेथितिको सिकार हुन पुगेपछि नागरिकको स्वास्थ्य अवस्था कसरी राम्रो हुन सक्ला भन्ने प्रश्नसमेत उठेको छ ।

सरकारको कार्यविभाजन नियमावलीअनुसार स्वास्थ्य तथा जनसंख्यासम्बन्धी ३५ वटा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने दायित्व लिएको मन्त्रालयले अधिकांश जिम्मेवारीलाई बेवास्ता गरेको देखिएको छ ।

स्वास्थ्य मन्त्रालय कार्यसम्पादनमा कमजोर देखिएको छ । कार्यविभाजनअनुसारको जिम्मेवारीलाई समेत पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रालय चुक्दै आएको छ ।

राजधानीले मन्त्रालय मातहत रहेका ३५ वटा जिम्मेवारीको सूक्ष्म अध्ययन गरेको छ । अध्ययनका क्रममा मन्त्रालयको नतिजा निराशजनक रहेको पाइएको छ । यसैक्रममा राजधानीले बुधबार स्वास्थ्य मन्त्रालयमै पुगेर दिनभर मन्त्रालयको सूक्ष्म निगरानी गरेको छ ।

समायोजनसम्बन्धी समस्या र गुनासो लिएर स्वास्थ्यका कर्मचारीहरू मन्त्रालय बाहिर पर्खिरहेका थिए । उनीहरूको समस्या र गुनासो सुनुवाइ गर्नुको सट्टा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसहित मन्त्रालयका उच्चपदस्थ पदाधिकारी मन्त्रालयभित्रको हलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त थिए ।

गुनासा र समस्याको सुनुवाइलाई लिएर उनीहरू मन्त्री र मन्त्रालयका सम्बन्धित पदाधिकारीलाई भेट्न घण्टौं पर्खिरहेका थिए । यस्तै, मन्त्रालयका सचिव पनि व्यस्त देखिन्थे ।

सचिव खगराज बराल एकैछिन कार्यकक्षमा प्रवेश गरे पनि केही समयका लागि भन्दै बाहिरिए । मन्त्रालयमा समायोजनलगायतका कामहरू लिएर सेवाग्राहीको भीड थियो ।

तर, अधिकांश कर्मचारी कार्यकक्षमा नभेटिँदा सेवाग्राही खिन्न अनुहार लिएर बसिरहेका थिए । टाढाटाढाबाट आएका कतिपय सेवाग्राही त कर्मचारी नहुँदा फेरि भोलिपल्ट आउनुपर्ने बाध्यतासाथ फर्किएको देखिन्थ्यो ।

त्यसमध्ये धेरैले आक्रोशित हुँदै मन्त्रालयले अनावश्यक दुःख दिइने गरेको गुनासो पोखे । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित