बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

पेट्रोल खोज्दा ज्वाला

दैनिक नेपाल २०७६ कार्तिक ७ गते ७:२०

दैलेख, ७ कात्तिक । खोला छेउमा वर्षौंदेखि ठाउँ–ठाउँ फुरुरु आगाको ज्वाला बलिरहन्थे । धार्मिक महत्त्वको पञ्चकोसी क्षेत्रमा स्थानीयले त्यसलाई भगवान्को लीला नै सम्झिए ।

आस्था राख्दै पुज्दै आएका थिए । उक्त ज्वाला निरन्तर बलिरहनुको वैज्ञानिक कारण जमिनमुनि पेट्रोलियम पदार्थ हुन सक्ने भन्दै खोजी सुरु भएपछि भने स्थानीयलाई चिन्ता छ– खोजीका कारण ज्वाला त निभ्दैन ।

नेपाल सरकारका लागि चिनियाँ पेट्रोलियम अन्वेषण टोली उक्त क्षेत्रमा पुगेको छ । कता–कता उत्खनन गरे पेट्रोलियम पदार्थको स्रोत फेला पर्छ भन्दै नापनक्साको काम भइरहेको छ ।

यस्तो खोजी थालिएपछि प्राचीनकालदेखि बलिरहेको ज्वालाबारे स्थानीयस्तरमा चिन्ता भएको हो । उक्त क्षेत्रका पण्डित तिलकप्रसाद रिजाल वैज्ञानिक विधिले खोजी गरिनु मुलुककै लागि हितकर भए पनि ज्वाला जोगाउनुपर्ने बताउँछन् ।

पञ्चकोसी क्षेत्र करिब ३ हजार वर्ष (१८७३ साल) देखि धार्मिक तथा पुरातात्त्विक महत्त्वको स्थलका रूपमा छ ।

प्रतिक्रिया
सम्बन्धित