तुलसीपुर, २ कात्तिक । बिहीबार राति दाङमा पक्राउ परेका विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका २१ जना नेता कार्यकर्ताविरुद्ध प्रहरीले शुक्रबार दाङ देउखुरी जिल्ला अदालतमा राज्यविरुद्धको संगठित अपराध मुद्दा दायर गरेको छ ।
पक्राउ परेका नेता तथा कार्यकर्तासँग विभिन्न खाले हतियार, बम, गोली, पार्टी सञ्चालनका लागि महत्वपूर्ण दस्तावेज र नगद बरामद भएपछि राज्यविरुद्धको संगठित अपराधमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
प्रहरीले उनीहरूबाट लोड गरिएको अवस्थामा अमेरिकी पेस्तोल दुई थान, कटुवा पेस्तोल चार थान, सुतली बम एक थान, ३०३ राइफलमा लाग्ने गोली पाँच थान, ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ नगद, २४ थान मोबाइल, विभिन्न महŒवपूर्ण दस्तावेज र ठेली बरामद गरेको थियो ।
जनपथ र सशस्त्र प्रहरीको टोलीले बिहीबार राति करिब १ बजे राजपुर गाउँपालिका–४ मुग्रेठास्थित ज्ञानेन्द्र विक्रम रानाको घर घेरा हालेर मध्यपश्चिम कमान्ड इन्चार्ज तथा विप्वलका दाजु चन्द्रबहादुर चन्द वीरजङसहित २१ जनालाई पक्राउ गरेको थियो ।
राप्ती ब्युरोको बैठक सुरु हुनुअगावै पुगेको प्रहरीले बैठक सकेर सुतेपछि उनीहरूलाई नियन्त्रणमा लिएको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया