५ कार्तिक २०८३, बिहिबार

१६हजार सुरक्षाकर्मीले अतिरिक्त पैसा पाउने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असाेज । चिनियाँ राष्ट्रपति सी चिनफिनको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् ।

विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामति कर्मचरीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो ।

सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो । प्रहरीमात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएका थिए । सरकारले १६ हजार जनशक्तिका लागि खाजा खर्च उपलब्ध गराए करिब डेढ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ ।

विशेष सुरक्षा कार्ययोजना र कार्यक्रम व्यवस्थापनअन्तर्गत तैनाथ कर्मचारी र सुरक्षाकर्मीलाई भत्ता दिने प्रस्ताव गरी अर्थ मन्त्रालयललाई पत्र पठाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । कान्तिपुर दैनिकले खबर छापेको छ ।