५ कार्तिक २०८३, बिहिबार

महरा र आलमले सांसदकाे हैसीयतबाट काम गर्न नपाउने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असाेज । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसीयतबाट कुनै पनि काम गर्न नपाउने भएका छन् ।

जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ । निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो ।

सांसद आलमलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा निर्वतमान सभामुख महरा तत्कालीन नेकपा ( माओवादी केन्द्र) दाङ २ बाट निर्वाचित हुन भने आलम नेपाली कांग्रेस रौतहट २ बाट निर्वाचित सांसद् हुन् । नागरिक दैनिकले खबर छापेकाे छ ।