५ कार्तिक २०८३, बिहिबार

सांसद पक्राउको विरोधमा प्रदर्शन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राैतहट, २७ असाेज । रौतहट कांग्रेस सभापति कृष्ण यादवले सांसद आलम पक्राउको घटनाप्रति खेद प्रकट गर्दै उनको अविलम्ब रिहा गर्न माग गरेका छन् । आलमलाई रिहा नगरे सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी सभापति यादवले दिएका छन् ।

आलम पक्राउ भएलगत्तै कांग्रेस कार्यकर्ताले दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटअगाडि घेराउ गरी प्रदर्शन गरेका छन् । प्रतिपक्षी दलका नेता सिध्याउने खेलमा सरकार लागेको भन्दै त्यसको विरोध गर्ने सभापति यादवले बताए ।

कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चियापान कार्यक्रम समेत सांसद आलम पक्राउ परेपछि बिथोलिएको छ । कांग्रेस कार्यकर्ताले गौर–चन्द्रपुर सडकखण्डको ठाउँठाउँमा विरोध प्रर्दशन गरेका छन् । अन्नपूण पाेस्ट दैनिकले खबर छापेकाे छ ।