५ कार्तिक २०८३, बिहिबार

सीलाई कुरिलो, क्वाँटी र इलामे चिया

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ असाेज । चिनियाँ राष्ट्रपति सीको सम्मानमा दिएको रात्रिभोजमा नेपाली कुरिलो र क्वाँटी सुप खुवाइएको थियो। त्यसका साथै उनलाई मोमो, बारा र साँदेको भटमाससहितको सलाद पनि राखिएको थियो ।

साथै उनलाई चिनियाँ र युरोपेली खानाले स्वागत गरिएको थियो। दुई राष्ट्रपतिले टोस्ट गरेपछि खाना सर्भ भएको थियो। उनका लागि चिनियाँ खाना बनाउने सेफ भने चीनबाटै ल्याइएको थियो। रात्रिभोजमा सुप, स्टाटार, मेन कोर्ष र डेजर्ट गरी चार तहमा खानाको परिकार राखिएको र अन्तमा इलामको चिया उपलब्ध गराइएको थियो।

मेन कोर्षमा भने चिनियाँ र युरोपेली खाना रहेको थियो। चिनियाँ खाना सीको सेफले नै बनाइएको जानकारी दिइएको छ। रात्रिभोजमा भ्रमण दलका चिनियाँ उच्च अधिकारी, उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष, प्रमुख प्रतिपक्ष कांग्रेस सभापति, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख, केही पत्रकार र केही व्यवसायी सहभागी थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी नेपालीले केरुङ–काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको हेर्न चाहेका छन्। सी हिमालय वारिपारि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अघि बढ्नेछ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।