५ कार्तिक २०८३, बिहिबार

सीको टोलीमा को–को छन् ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २६ असाेज । राष्ट्रपति सीको भ्रमण टोलीमा चिनियाँ कम्युनिस्ट पार्टीका चार नेता सहभागी छन्। उपप्रधानमन्त्री सरह हैसियत भएका ती नेताहरू नेपालसँग परिचित छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय महानिर्देशक समेत रहेका डिंग सुईसियाङ, सीपीसी महासचिव एवं पूर्व विदेशमन्त्री तथा स्टेट काउन्सिलर रहेका याङ जेइछी, विदेशमन्त्री वाङ यी, राष्ट्रिय विकास र सुधार आयोगसम्बन्धी क्षेत्र हेर्ने मन्त्री ही लिफेंग र टोलीमा सीपीसी विदेश विभाग प्रमुख सोङ थाओ सहभागी छन्।

यीमध्ये वाङ र सोङ राष्ट्रपति सीको भ्रमण तय गर्न काठमाडौं आएका थिए। जेइछी नेपाल भ्रमण गरिसकेका विदेशमन्त्री हुन्। अन्य नेता पनि नेपालबारे जानकार छन्। नेपाल डेक्स हेर्ने कर्मचारी, सीपीसी भित्र रहेर यस क्षेत्र हेर्ने नेता तथा उच्च अधिकारीहरू गरी १०५ जनाको टोलीसहित सी नेपाल आएका हुन्।

दुई पक्षीय सम्झौतालाई अन्तिम रूप दिने एक टोली विहीबार साँझ काठमाडौं आएर शुक्रबार दिनभर त्यसमा खटेको छ। चिनियाँ टोलीले अन्य नेतासँग पनि घेटघाट गरिरहेका छन्।

राष्ट्रपतिले दिएको रात्रिभोजमा पनि उनीहरूले छलफल गरिरहेका छन्। नेताहरूले आइतबार बिहान अधिकतम भेटवार्ता गर्नेछन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।