काठमाडाैं, २६ असाेज । सरकारले सीको भ्रमणमा कुनै कमजोरी नहोस् र भव्य स्वागतका लागि विभिन्न मन्त्रालयअन्तर्गत कार्यरत कर्मचारीलाई सडकमा खटाएको थियो ।
भ्रमणलाई भव्य बनाउन सडकमा खटिने कर्मचारीमा विभिन्न श्रेणीका कर्मचारीका साथै सहसचिवदेखि सचिवसम्मका विशिष्ट तहका कर्मचारीसमेत उत्साहित भएर निजामती पोसाकमा सडकमा भेटिन्थे ।
उनीहरूले सवारी रुटका विभिन्न स्थानमा विभाग तोकेर जिम्मेवारी दिइएको बताए । घण्टौं सडकमा रहेर स्वागतमा खटिएका कर्मचारी उत्साहित हुँदै सडकमा नै हाजिरी गर्दै भेटिए ।















प्रतिक्रिया