सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

याैनकाण्डपछि महरालाई पार्टीमा बस्न तनाव, महिला नेतृहरूले उठाए प्रश्न

दैनिक नेपाल २०७६ असोज १६ गते ७:३८

काठमाडाैं, १६ असाेज । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुर्व्यवहार गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो ।

राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए ।

महरामाथि यौन दुर्व्यवहारको आरोप लागेका विषयमा उनी आबद्ध नेकपाका महिला सांसदहरुले निष्पक्ष छानबिन र कारबाहीका लागि बलियो आवाज उठाएका छैनन् ।

प्रतिपक्षी दलका महिला सांसदहरूले पनि खासै बोलेका छैनन् । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित