११ मंसिर २०८३, शुक्रबार

महरालाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गर्दै मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो ।  प्रदर्शनकारीले प्ले कार्डसहित प्रदर्शन गर्दै महरालाई पक्राउ गर्नुपर्ने माग गरेका हुन् ।

प्रदर्शनमा संलग्न उनीहरुले ‘नो मिन्स नो..’, ‘बलात्कार आरोपको सत्यतथ्य छानबिन गर’ ‘बलात्कार आरोपीलाई हिरासतमा लेउ’ लेखिएका पम्पप्लेट समातेर विरोध गरेका थिए ।

महरामाथि चौतर्फी दबाब आएपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका छन् । नेकपाका सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भने पनि सभामुखबाट मात्रै राजिनामा दिएका छन् ।

यो पनि पढ्नुहोस्

–महरालाई बलात्कारको आरोप लगाउने महिलाले स्वास्थ्य परीक्षण गर्न मानिनन्

–सभामुख कृष्णबहादुर महराले राजीनामा दिए

–सभामुख महरालाई राजीनामा दिन नेकपाको निर्देशन

–सभामुख महराले जबरजस्ती गरेका थिए, बयान र प्रमाणका आधार यस्ता छन्, राजीनामा देऊ !

–सभामुख महरामाथि जबर्जस्ती करणीकाे गम्भीर आराेप