५ कार्तिक २०८३, बिहिबार

अटेरी हुँदै छन् हात्ती

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १४ असाेज । शनिबार राति कोसीटप्पुवन्यजन्तुआरक्षबाट एउटा मत्ता बाहिर निस्कियो। थाहा पाएपछि आरक्ष प्रशासन ट्र्याक्टर लिएर हात्तीलाई फर्काउन गयो। सामान्यतया ट्र्याक्टरको आवाज सुनेर, आकार र लाइट देखेर हात्ती डराउँछ र भाग्छ। तर शनिबार निस्किएको हात्ती सजिलै भाग्नेवाला थिएन। किनकी उसमा सहवासको उन्माद तीव्र थियो।

‘रोक्न खोज्दाखोज्दै पनि मद्ले चूर भएर तारबार नाघेर धानबालीमा पस्यो,’ आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘ट्र्याक्टरलाईसमेत नटेरी उफ्रियो।’

धेरैबेर लगाएर जसोतसो नियन्त्रणमा लिएर आरक्षको हात्तीसारमा लगेर बाँधियो। अनि त्यहाँ रहेको ढोईसँग समागम गर्न दिइयो। ‘त्यसपछि मात्र बल्ल मत्ता शान्त भयो,’ उनले बताए।

गाउँ पसेका हात्ती खेद्न आजकल ट्र्याक्टर प्रयोग गरिन्छ। पहिले नाङ्लो ठटाउँदा हात्ती भाग्थ्यो। ‘तर आजकल ट्र्याक्टरलाई पनि टेर्दैन, डोजर नै देखाउनुपर्छ,’ आरक्ष नजिकैको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी भन्छन्, ‘हात्ती अटेरी बन्दै गएका छन्।’

कोसीटप्पुचरा र अर्नाका लागि नेपालमै विशेष आरक्ष मानिन्छ। तर हात्तीले बस्तीमा पसेर मानिस मार्ने क्रम बढेको छ। अन्सारीका अनुसार पछिल्लो दुई वर्षमा कोसी गाउँपालिकाका १३ जनालाई आरक्षबाट निस्किएका जंगली जनावरले मारेका छन्।

‘पोहोर भुनीदेवी चौधरीलाई मार्‍यो, परार रघुलाल उराउलाई मार्‍यो,’ मध्यवर्ती क्षेत्र प्रकाशपुर उपभोक्ता समितिका अध्यक्ष अमर गुरुङ भन्छन्, ‘साँझ परेपछि प्राय : हात्ती बस्ती पस्छ, कहिले घर भत्काउँछ, कहिले धान, मकै खान्छ, कहिले मान्छे नै मार्छ।’

मारिनेमध्ये मध्यवर्ती क्षेत्रका परिवारले मात्र सरकारबाट १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्, अन्नबालीको क्षतिपूर्ति पनि दिइन्छ। बाहिरकाले त्यो पनि पाउँदैनन्।

सुनसरीमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ९, १० र ११ अनि कोसी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ६ मध्यवर्ती क्षेत्रअन्तर्गत पर्छ। सप्तरी र उदयपुरको केही क्षेत्र पनि समेटिएको छ। मध्यवर्ती क्षेत्र र बाहिर हात्तीको आतंक उस्तै छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।