५ कार्तिक २०८३, बिहिबार

सडक निर्माणमा चरम ढिलासुस्ती : करोडौंका आयोजना अलपत्र

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असाेज । ठेकेदार कम्पनी, तारकेश्वर नगरपालिकाका पदाधिकारी, कर्मचारी र सडक विभागको गैरजिम्मेवारीका कारण तारकेश्वर सडकखण्ड अलपत्र परेको छ ।

सडक निर्माण सुरु भएको वर्षौंसम्म पनि निर्माण कार्यमा ढिलाइ हुँदा तारकेश्वर नगरपालिकाका लाखौं सर्वसाधारण हैरानी भोग्न बाध्य छन् ।

नगरपालिकामा निर्माणाधीन शेषमती–सानोपुल–सनफ्लावर स्कुल–बोहोराटार सडकखण्ड र अष्टनारायण–शेषमती–लामबगर–काभे्रस्थली सडकखण्ड निर्माण सुरु भएको लामो समयसम्म पनि अलपत्र अवस्थामा छ । समयमै सडक निर्माण नहुँदा घामलाग्दा धुलो र पानी पर्दा धुलोको समस्याले स्थानीय आक्रान्त बन्न गरेका छन् ।

शेषमती–बोहोराटार सडकखण्ड नगरपालिकाको योजनामा सञ्चालित आयोजना हो भने र अष्टनारायण–काभे्रस्थली केन्द्रीय योजनाअन्तर्गत सडक विभागको योजना हो । नगरपालिकाको मुख्य प्रवेशद्वार र चक्रपथ नजिक पर्ने यी महत्वपूर्ण सडकखण्ड विभिन्न बहानामा अलपत्र बन्दै आएका छन् ।

‘ठेकेदार कम्पनीले जिम्मेवारी वहन गर्न नसक्दा योजनाहरू अलपत्र बन्ने गरेका छन् । वर्षा र झन्झटिलो ठेक्का प्रणालीका कारण पनि योजनाहरू समयमै सम्पन्न हुन सकेनन् ।’

तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहरा ठेकेदार कम्पनीको लापरवाही, वर्षा र झन्झटिलो ठेक्का प्रणालीको कारण काममा ढिलाइ भएको स्विकार्छन् ।

‘ठेकेदार कम्पनीले जिम्मेवारी वहन गर्न नसक्दा योजना अलपत्र बन्ने गरेका छन् । वर्षा र झन्झटिलो ठेक्का प्रणालीका कारण पनि योजनाहरू समयमै सम्पन्न हुन सकेनन्,’ बोहोरा भन्छन् । शेषमतिदेखि सनफ्लावरसम्मको बाटोको २० प्रतिशत मात्र काम सम्पन्न भएको नगर प्रमुख बोहरा बताउँछन् ।

यस सडकखण्डको निर्माण गत असार मसान्तसम्ममा सम्पन्न भइसक्नुपर्ने थियो । समयमा काम सम्पन्न नभएपछि नगर कार्यपालिकाको बैठकबाट ६ महिना समय थप गरिएको नगरपालिकाले जनाएको छ । स्थानीयको अवरोध तथा सिमाना विवादका कारण समेत समयमा सम्पन्न हुन नसकेको नगरपालिकाको दाबी छ । अहिले सो बाटोको मर्मत थालिए पनि गति भने लिन सकेको छैन ।

नगरपालिकाका अनुसार नगरपालिका क्षेत्रमा १३ करोडमा १२ नगरस्तरीय सडक परियोजना निर्माणको काम भइरहेको छ भने केही केन्द्रीयस्तरका योजना चालू अवस्थामा छन् ।
सडक निर्माणमा भएको ढिलासुस्तीका कारण सडक स्तरोन्नति, कालोपत्रे र नयाँ निर्माणका नाममा भत्काइएका सडक लामो समयसम्म पनि बन्न नसक्दा समस्यामा परेको स्थानीय बताउँछन् ।

तारकेश्वर नगरपालिका शेषमती–सानोपुल–सनफ्लावर स्कुल जाने डेढ किलोमिटर सडक निर्माणको जिम्मा नगरपालिकाले ठेक्कामार्फत गौरीशंकर कन्सट्रक्सनलाई दिएको थियो ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ९ लाख विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा सोही बाटोका लागि ७० लाख रुपैयाँ थप गरिएको तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले जानकारी दिए । यसैपटक शेषमतिदेखि सनफ्लावर स्कुलसम्ममै बाटो पिच हुने प्रशासकीय अधिकृत सुवेदीले बताए । राजधानी दैनिकले समाचार छापेकाे छ ।