५ कार्तिक २०८३, बिहिबार

कार्यविभाजन नमिल्दा रोकियो नेकपाको एकता प्रक्रिया

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असाेज । सत्तारूढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो समय दिनहुँजसोएक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबारे कुरा मिल्न सकेको छैन ।

ओली र दाहालले शुक्रबार बिहानसमेत छलफल गरेका थिए । प्रधानमन्त्री ओली स्वास्थ्योपचार गराउन दोस्रो पटक सिंगापुर जानुअघि पार्टी एकीकरणका धेरै काम सकिएका थिए ।

‘त्यसरी एकीकरणका काम धमाधम टुंगिनुको कारण अध्यक्षहरूबीच भएको मौखिक समझदारी हो । त्यसलाई पालना गर्न पछिल्लो समय प्रधानमन्त्रीले आनाकानी गरिरहनुभएको छ,’ दाहाल निकट स्रोतले भन्यो ।

स्रोतका अनुसार दसैंअघि नै पार्टी एकताका सबै काम सक्ने र त्यसपछि दाहाललाई कार्यकारी अध्यक्ष बनाउने गरी विधान संशोधनको प्रस्ताव स्थायी समिति बैठकमा लैजाने सहमति दुई अध्यक्षबीच भएको थियो ।

त्यति बेला वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गराउने समझदारीसमेत भएको थियो । उक्त सहमतिअनुसार नै नेकपा केन्द्रीय विभागको नेतृत्वमा देखिएका धेरै विवाद सल्टिएर विभागहरूले नेतृत्व पाएका थिए ।

तर सिंगापुरबाट फर्किएपछि प्रधानमन्त्री ओलीले उक्त सहमति कार्यान्वयनमा चासो नदेखाएको गुनासो अध्यक्ष दाहालले आफू निकट नेताहरूसँग गर्न थालेका छन् ।

‘प्रधानमन्त्रीज्यूले तपाईंले पार्टीको कार्यकारी जिम्मा लिनुस्, म सरकार चलाउँछु भन्नुभएको थियो, अहिले फेरि उहाँको बोली फेरिएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘आफ्नै प्रतिबद्धता पूरा गर्न उहाँ तत्पर देखिनुभएन ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।