१५ कार्तिक २०८३, आइतबार

राजपाकाे अध्यक्ष फेरिए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असाेज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हालेका छन् । संयोजक ठाकुरले साेमबारदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी लिएका राजपाले विज्ञप्तिमार्फत जनाएको हो ।

राजपाको आइतबार भएको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो । राजपाको हरेक दुई महीनामा नेतृत्व फेरिने व्यवस्थाअनुरुप ठाकुरले नेतृत्व पाएका हुन् । यसअघि अध्यक्षमण्डलको संयोजक राजकिशोर यादव थिए ।

तराई–मधेश केन्द्रित छ राजनीतिक पार्टी एकीकरण भएर गठन भएको राजपा अध्यक्षमण्डलमा सबै पार्टीका अध्यक्ष रहेका छन् । एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीअनुरुप नेतृत्व लिने राजपाले जनाएको छ ।