१५ कार्तिक २०८३, आइतबार

करेन्ट लागेर एक जनाको मृत्यु  

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजबिराज, ६ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिनुभयो ।

मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराजस्थित गजेन्द्र अस्पतालमा भर्ना गरे पनि उपचारको क्रममा राति नै उनको मृत्यु भएको विजयले बताउनुभयो ।

यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । –रासस