१५ कार्तिक २०८३, आइतबार

दाउरा निकाल्दा बगेर एकको मृत्यु, ६ घर विस्थापित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

जाजरकोट, ५ असोज । जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ । नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो ।

बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ ।

यसैबीच लगातारको वर्षापछि पहिरो जाँदा जाजरकोटको नलगाड नगरपालिका–३ का छ घरपरिवार विस्थापित भएका छन् ।

छेप्का कैना सडकका कारण पहिरो जाँदा लुहारखेतका दलबहादुर पुन, भूमीलाल पुन, लक्ष्मीप्रसाद शर्मा र मुकुन्द शर्माको घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरु घर छोडेर आफन्तको घरमा बसेको लक्ष्मीप्रसाद शर्माले बताउनुभयो ।

“घर तल पहिरो जाँदैछ, घरमा माथिबाट जमीन चिराचिरा परेर धाँजा फाटेको छ”, शर्माले भन्नुभयो । त्यसैगरी बाँगेदाराका डम्बर थापा, ललित थापाको घर पहिरोको जोखिमा परेपछि थापा परिवार घरछोडेर विस्थापित भएको छ । –रासस