१५ कार्तिक २०८३, आइतबार

चोरीका मोटरसाइकलसहित सात पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, ५ असोज । भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ ।

सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल पक्राउ परेका उक्त बृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।

त्यसैगरी सोही गिरोहका चाँगुनारायण नगरपालिका–१ दुवाकोटबेँसीका २३ वर्र्षीय सुजन गुरुङ, १९ वर्षीय दीपक अर्याल र सुजन थापालाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । –रासस