६ कार्तिक २०८३, शुक्रबार

मेयर र उपमेयर दुवै फरार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २ असाेज । देशैभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एकजना नगरबासीको ज्यानै लिइसक्यो। नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको हो।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन्। सोही पार्टीकी रेणु झा उपप्रमुखमा जितेकी छिन्। उमेरको हिसाबले आमा–छोरा जस्तो देखिने दुवैबीच चुनाव ताका आमा–छोरा जस्तै व्यवहार पनि देखिन्थ्यो। मेयर मण्डलले उपमेयर झालाई सम्बोधन पनि ‘अन्टी’ (काकी) नै भन्थे।

१८ स्थानीय तह रहेको धनुषा जिल्लामै सबैभन्दा पहिले हंसपुर नगरपालिकाकै निर्वाचन परिणाम घोषणा हुँदा अरु पालिकामाभन्दा यहाँ बढी नै तामझामका साथ राजपाले विजयी जुलुश प्रदर्शन पनि गर्‍यो। जब, दुईबीच पदीय अधिकारको सवालमा दूरी बढ्न थाल्यो अनि पार्टी मौन बसिदियो। हुँदाहुँदै उनीहरूबीचको विवाद ज्यानै लिनसम्मको अवस्थामा पुगेको छ। नागरिक दैनिकले समाचार छापेकाे छ ।