६ कार्तिक २०८३, शुक्रबार

काम नगर्ने पावरफुल ठेकेदार कम्पनी धेरै, कालो सूचीमा थाेरै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १ असाेज । राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौँसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँच दर्जनलाई मात्र राखिएको छ ।

कानूनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो ।

मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा भएको देखाएको थियो ।

अहिलेसम्म जम्मा ५८ ठेकेदारलाई मात्र कालो सूचीमा राखिएको नागरिक दैनिकले समाचार छापेकाे छ ।