६ कार्तिक २०८३, शुक्रबार

डेंगु नियन्त्रण गर्न छाडेर उपेन्द्र यादवलाई विदेश माेह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १ असाेज । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरूको बैठकमा भाग लिन गए ।

दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर, स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् । एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको समाचार नागरिक दैनिकले छापेकाे छ ।