६ कार्तिक २०८३, शुक्रबार

पर्यटनमन्त्री किन आलोचित ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदाै । डेढ महिनाअघि संस्कृति, पर्यटन नथा नागरिक उड्ययनमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो । सामाजिक सञ्जाल र सञ्चार माध्यम उनका प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तिभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे ।

सरकारले अपेक्षाकृत काम नगरिरहेका बेला झन्डै साढे चार महिनादेखि रिक्त मन्त्रालयमा दिवंगत रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा भट्टराई आएका थिए । संसद् र यसअघिका राजनीतिक मोर्चामा प्रभावकारी भूमिका निर्वाह गरेका युवा नेताको मन्त्रिमण्डलमा प्रवेश भएसँगै चर्चा चुलिएको थियो तर तिनै युवा नेता भट्टराईमाथि मन्त्री बनेको डेढ महिनामै आलोचनाका स्वर चर्किन थालेका छन् ।

किन यस्तो अवस्था आयो ? यसका पछाडि उनले गरेका कही प्रतिनिधिमूलक काम जिम्मेवार छन् । उनले गरेको ‘पशुपतिको गंगा आरतीमा राष्ट्रिय गान’ बजाउने निर्णय निकै आलोचित छ ।

‘राष्ट्रियता जगेर्ना गर्ने नाममा आर्यघाटनजिक हुने आरतीमा राष्ट्रिय गान कति अनिवार्य हो ?’ नागरिकस्तरबाट प्रश्न उठेको छ । संस्कृतिकर्मीदेखि धार्मिक अभियन्ता मात्र होइन, उनकै पार्टी नेकपाका नेताले समेत यसको औचित्यमाथि प्रश्न गरिरहेका छन् । भट्टराई भने निर्णयबाट पछि हट्न चाहेका छैनन् । डेढ महिनाअघि उनीप्रति निकै अपेक्षा गर्नेहरू विस्तारै आलोचनातर्फ मोडिएका छन् ।

‘राष्ट्रिय गानसम्बन्धी निर्देशिकाअनुसारै मैले भनेको हुँ तर यो निर्णयपछि आएका प्रतिक्रियालाई मैले नजिकबाट नियालिरहेको छु,’ मन्त्री भट्टराईले कान्तिपुरसँग भने । यो विषयमा उनले थप टिप्पणी गरेनन् । राष्ट्रिय गान प्रकरणले आलोचना बढिरहेका बेला मन्त्री भट्टराईकै कारण शनिबार नेपालगन्जमा जहाज उडान ढिलाइ भएको घटना बाहिरियो ।

धनगढीबाट फर्किंदै गर्दा मन्त्री केही ढिलो भएका कारण केहीबेर जहाज रोकिएको थियो । यसलाई ज्ञानेन्द्र शाहीलगायत व्यक्तिले विमानभित्रै विरोध गरे । यो प्रकरणमा मन्त्री भट्टराई र एयरलाइन्स कम्पनीले स्पष्टीकरण दिइसकेका छन् । स्पष्टीकरणले ढिलाइको कारण खुट्याइसक्यो तर यो प्रकरणले केही प्रश्न भने पुनः जन्माइदिएको कान्तिपुर दैनिकले जनाएकाे छ ।