१२ मंसिर २०८३, शनिबार

विभिन्न घटनामा दाङमा शिशुसहित तीन जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ३० भदाै । दाङकाे घोराहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका– १६ गुर्जेखोलाको पुल नजिकै पुल निर्माणको काम गर्न बसेका शिवराज चाैधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार राति केरेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका–६ का २३ वर्षीय शिवराज चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका चाैधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

नदीमा बगेर एक व्यक्ति बेपत्ता भएका छन् । आइतबार राति पौने ९ बजेतिर लमही नगरपालिका– ६ मध्यनगर निवासी ६५ वर्षीय दंखु चौधरीलाई राप्ती नदीले बगाएको हो ।

दाङमा एक नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –१९ हिडिमे डाँडाँगाउँमा फागुना चौधरीको मकैबारीमा ५/६ महिनाको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।