बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

ज्ञानेन्द्र शाही अन्तत: प्रहरी हिरासतमा

दैनिक नेपाल २०७६ भदौ २९ गते २३:३१

काठमाडौँ, २९ भदौ । प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही अन्तत: प्रहरी हिरासतमा पुगेका छन् ।

आफूलाई भ्रष्टाचार विरुद्धको अभियन्ता दाबी गर्ने शाहीले आइतबार दिउँसो पुल्चोकस्थित पत्रकार सम्मेलन गर्ने क्रममा झडप हुँदा सुरक्षा दिन गएको प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए ।

त्यसपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ पुर्जी थमाएर ‘अभद्र व्यवहार’ मुद्दामा अनुसन्धानका लागि हिरासतमा लिएको हो ।

प्रहरी टोलीमाथि अभद्र गरेपछि आवश्य पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शनिबार साँझ नेपालगन्ज विमानस्थलमा जहाज रोकेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि शाहीले दुर्व्यवहार र हातपात प्रयास गरेका थिए ।

पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिन नसक्ने अवस्था सिर्जना भएपछि शाही समर्थक र पत्रकारहरुको झडप भएको थियो ।

शाहीले ‘गैर सैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५’ को ९(क) १ को घ बमोजिमको कसुर गरेको अभियोगमा अर्को मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । उक्त मुद्दामा दोषी पाइए १० देखि २० वर्षसम्म कैद र आरोपीको सबै सम्पत्ति जफत हुने कानुनी व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित