बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

नेपालगञ्जमा गरिएकाे दुर्व्यवहारप्रति मन्त्री भट्टराईको विज्ञप्ति यस्ताे छ

दैनिक नेपाल २०७६ भदौ २९ गते २०:५२

काठमाडौँ, २९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निजी सचिवालयले भट्टराईमाथि भदौ २८ गते नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछिका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुद्ध एयरबाट कैलालीको धनगढी हुँदै डलफिन महोत्सव कार्यक्रममा सहभागी हुनका लागि उनी टीकापुर पुगेका थिए । उनको शनिबार नै धनगढीबाट बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्व निर्धारित तालिका थियो ।

तर, टीकापुरमा निर्र्धारित समयभन्दा कार्यक्रम ढिला भएपछि धनगढीबाट फर्कन सम्भव भएन । २९ भदौमा प्रतिनिधिसभामा मन्त्रालयको बारेमा सांसदको उत्तर दिनुपर्ने कार्यतालिका रहेका कारण शनिबार नै काठमाडौं फर्किनुपर्ने दबाबमा उनी रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यही कारण मन्त्री भट्टराई बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन टिकापुरबाट नेपालगञ्ज गएका थिए । नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण भई आवश्यक प्रक्रियापछि ६ः४० मा अन्य यात्रुहरुको ‘बोर्डिङ’ भएको थियो ।

बोर्डिङ भएका यात्रुहरु मध्ये एक उछृङ्खल समूहले हुलहुज्जतका साथ जहाजबाट बाहिर निस्केर गालीगलौज गर्दै मन्त्री पुगे लगत्तै अपशब्द प्रयोग गरेको थियो । त्यही समूह मध्येका एक जनाले ‘पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौँ र ?’ भन्दै दुव्र्यवहार गरेका थिए ।

भट्टराईले उछृङ्खल समूहलाई कुनै उत्तर दिएनन् । तर, अन्य यात्रुहरुलाई भने आफ्ना कारण परेको असुविधाप्रति क्षमा मागेका थिए । हाम्रो कारणले करिब १५ मिनेट ढिला हुन गई यात्रु महानुभावलाई परेको असुविधाप्रति क्षमाप्रार्थी छौं । यो क्रममा यात्रुहरु र बुद्ध एयरले देखाएको समझदारीप्रति हार्दिक आभार प्रकट
गर्दछौं ।

तर, घटना र घटनापछि सोही समूहका सदस्यहरुले व्यक्त गरेको विचारप्रति भने हाम्रो गम्भिर आपत्ति रहेको छ भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकार र जुनसुकै सरोकारवाला निकायलाई खबरदारी गर्नु आम नागरिकको कर्तव्य र अधिकार हो ।

पूरा विज्ञप्ति हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित