बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

डलर साटीदिने भन्दै नगद ६ लाख रुपैयाँ ठगी

दैनिक नेपाल २०७६ भदौ २९ गते २०:२५


काठमाडौँ, २९ भदौ । गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोका डेरा गरी बस्ने मुगु सोरूङ घर भएका ३५ वर्षीय पुरुषको नगद ६ लाख रुपैयाँ आइतबार बिहान ठगी भएको छ ।

अपरिचित व्यक्तिले ती पुरुषलाई डलर साटीदिन्छु भन्दै उनको साथमा रहेको उक्त नगद ठगी फरार रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गरिरहेको तथा घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित