१२ मंसिर २०८३, शनिबार

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अग्रवालमाथि दुर्व्यवहार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा‍. जगदीशप्रसाद अग्रवालमाथि दुर्व्यवहार भएको छ ।

आफूलाई पत्रकार बताउने एक व्यक्तिले डा अग्रवाललाई कालो मसी छ्यापेर दुर्व्यवहार गरेका हुन् । आज दिउँसो अग्रवालको आफ्नै कार्यालयमा पुगेर पत्रकार बताउने ती व्यक्तिले मोसो छ्यापेर दुर्व्यवहार गरेका अग्रवालले बताए ।

‘नेपाली टाइम्सको पत्रकार हुँ, अन्तर्वार्ता लिनु छ भनी पहिलेदेखि फोन गरिरहेका थिए, मैले आज समय दिएको थिएँ,’ अग्रवालले भने, ‘आउनेबित्तिकै कालो छ्यापे अनि भागे।’

अग्रवालका अनुसार दिउँसो २ बजे ती व्यक्ति कार्यालय आएका थिए ।

डा अग्रवाललाई मसी छ्यापेर भाग्ने व्यक्तिको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिए ।