६ कार्तिक २०८३, शुक्रबार

डेंगु नियन्त्रण : कहाँ चुक्यो सरकार ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २८ भदाै । डेंगुको संक्रमणबाट एक विद्यार्थीसहित ६ जनाको ज्यान गएको छ। झण्डै चार महिनादेखि विस्तारित डेंगु संक्रमण अहिले ६२ जिल्लामा फैलिएको छ। मुलुक डेंगुमय भइसकेको छ। अझै तीन महिना डेंगुको संक्रमण देखिन सक्ने चिकित्सकको अनुमान छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

तीन सय मिटरसम्म टाढा उड्ने एडिस जातको संक्रमित लामखुट्टेको टोकाइले घरैपिच्छे पीडा दिएको छ। लामखुट्टे पैदा भएको ठाउँ वरपर घुमिरहन्छ।

यसर्थ पनि डेंगुको उत्पत्ति घरमै पनि भइरहेको छ। घरका सदस्यलाई टोकेर संक्रमण बढाइरहेको छ। संक्रमण भएको एक सातापछि लक्षण देखिन्छन्। लक्षण नदेखिँदासम्म व्यक्ति घुमफिर गर्ने भएकाले डेंगु संक्रमणले विस्तारित रूप लिएको छ।

सरकारले डेंगु नियन्त्रण गर्न खोज र नष्ट गर (सर्च एन्ड डिस्ट्रोय) अभियान सञ्चालन गरेको छ। टोलटोलमा लामुखुट्टे मार्न औषधि छर्कने (फगिङ) कार्य गरिरहेको छ।

घरका गमला, सोफामुनि, एयरकन्डिसनरभित्र, छतमाथि राखिएको ड्रम, बट्टालगायतका स्थानमा लामखुट्टेले वासस्थान बनाइरहेको बेला विषादी छर्कने कार्य घरबाहिर भइरहेको छ।

फलस्वरूप, डेंगु सार्ने एडिस जातको लामखुट्टेको अण्डा, प्युपा र लार्भा नष्ट गर्ने सरकारी अभियान प्रभावकारी हुन सकेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ कीट वैज्ञानिक डा. बीएन नागपालका अनुसार घरघरका कोठाकोठामा फगिङ गर्न सके मात्र प्रभावकारी नतिजा हासिल हुन सक्छ। डा. नागपाल भन्छन्, ‘फगिङ महत्त्वपूर्ण छ। तर, घरका टेबुल, कुर्सी, सोफामुन्तिर लामखुट्टे बसेको हुन्छ। घरबाहिर फगिङ गरेर नतिजा प्रभावकारी हुन सक्दैन। ’

अहिले सातवटै प्रदेशमा डेंगुको संक्रमण विस्तार भएको छ। विगतका वर्षहरूमा तराई–मधेसमा देखा पर्ने डेंगुको संक्रमण पहाडी एवं हिमाली क्षेत्रतर्फ पनि विस्तार हुनुले चिन्ता बढाएको छ। तर, सरकारले भने डेंगु भाइरसको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरेको छ।