
काठमाडौं, २० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रहरी र सेनालाई पार्टीप्रति बफादार बनाएको आरोप लगाएका छन् ।
भक्तपुरमा शुक्रबार भएको कार्यक्रममा देउवाले सरकार बदलिनु स्वभाविक प्रक्रिया भए पनि सुरक्षा निकायलाई नेकपाको अंगजस्तो बनाएर व्यवस्था नै परिवर्तनको शैलीमा नेकपा पुगेको जनाउँदै भने,‘कम्युनिस्ट अधिनायकवाद लाद्न खोजियो ।’
चुनावमा नेपाली कांग्रेसको पराजयको कारण अन्तरघात रहेको बताएका उनले त्यस्तालाई कारबाही गर्दा कसैले रोके, तिनलाई पनि सार्वजनिक गर्ने चेतावनी दिए । उनले चुनावका बेला अन्तरघात गर्नेलाई नछाडिने बताउँदै पार्टीभित्र एकता भएको भन्नेले कारबाही प्रक्रियामा रोक्न नहुने बताए ।















प्रतिक्रिया