
झापा, २० भदौ । १३ औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको दिवस २०७६को अवसरमा झापामा विशेष कार्यक्रम गरिएको छ ।
झापा मेचीनगर नगरपालिका-६ भन्सारगेट पिपलबोट स्थित इलाका प्रहरी कार्यालय काकडभिट्टाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको बिशेष कार्यक्रम आयोजना गरिएको हो ।
झापा प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी ठाकुर प्रसाद ज्ञवाली, प्रदेश सभासद प्रसाद मैनाली, मेचीनगर नगरपालिकाका उपमेयर मिना उप्रेती, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला, जिल्ला न्यायधिबक्ता केशब पन्त, सशस्त्र प्रहरी उपरीक्षक .रेशम कुमार थक्सु, मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो ।

झण्डै एक हजार जनाको उपस्थितीमा मानव वेचबिखन तथा ओसारपसार बिरुद्धको प्लेकार्ड सहितको वृहत प्रभातफेरी कार्यक्रमसहित नगर परिक्रमा गरिएको थियो ।
नगर परिक्रमापश्चात भएको औपचारिक कार्यक्रममा झापा प्रहरी प्रमुख एसपी मैनालीले मानव बेचबिखन ओसारपसार बिरुद्धको अपराध तथ्याङ्क र कानुनी प्रावधानको विषयवस्तुमाथि प्रकाश पारेका थिए ।












प्रतिक्रिया