१५ कार्तिक २०८३, आइतबार

मत्स्य सुपरजोन रुपन्देहीको संचालक समितिमा शाही

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, साउन २० । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मत्स्य सुपरजोन रुपन्देहीको संचालक समिति गणेश बहादुर शाहीको संयोजकत्वमा गठन भएको छ ।

समितिको बिहिबार सम्पन्न साधारण सभाले चयन गरेको ९ सदस्यीय कार्यसमितिको उप संयोजक, सचिव र सह सचिवमा क्रमशः शुभास कुर्मी, गोपाल प्रसाद पाण्डे र तारा पाण्डे छन् ।

यसैगरी, सदस्यहरूमा नारद मुनी यादव, कपिल न्यौपाने, निमा चौधरी थारु, गोमा देवी क्षेत्री दाहाल र दिपक कुमार श्रेष्ठ रहेका छन् ।

समितिमा हालसम्म करिब ११० मत्स्य कृषक, कृषक समूह, सहकारी आबद्ध रहेको सुपरजोन कार्यालय प्रमुख कृषि अधिकृत मकबुल अलीले जानकारी दिए ।

कृषि अधिकृत रमेश जयसवालले रुपन्देही मत्स्य सुपरजोन भएपछि गठन भएको पहिलो संचालक समिति रहेको जानकारी दिए । जयसवालले अब समितिले नयाँ किसिमले नयाँ ढङ्ग बाट अघि बढ्नु पर्ने बताए ।

साधारणसभा तत्कालिन मत्स्य जोन संचालक समिति संयोजक गणेश बहादुर शाहीको अध्यक्षतामा भएको हो । कार्यक्रमको प्रमुख अतिथिमा प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, बिशिष्ठ अतिथिमा प्रदेश नं ५ प्रदेश सभा सदस्य तुल्सी चौधरी, अतिथिमा सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु, सुद्धोधन गाउँपालिका अध्यक्ष किशुन चन्द चौधरी, गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट रहेका थिए ।