
काठमाडौँ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी प्रजतान्त्रिक शक्ति निर्माण गर्न अब ढिलो गर्नु हुन्न भन्दै राप्रपा (संयुक्त)लाई एकतामा आउन आग्रह गरेका छन् ।
जनताले काँग्रेस र कम्युनिष्टको विकल्प खोजिरहेको उनले एकताका लागि आह्वान गरेका हुन् । ‘देशको वर्तमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टी एकताको पक्षमा साहसिक र उदार निर्णय गर्न राप्रपा (संयुक्त)लाई आह्वान गर्दछु’, सामाजिक सञ्जाल ट्विटरमा थापाले भनेका छन् ।
राप्रपा (संयुक्त) को केन्द्रिय समितिको बैठक चलिरहेको बेलामा उनको आव्हानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । थापा नवलपुर, नवलपरासी र रुपन्देही जिल्लाको भ्रमणमा छन् ।
आजबाट शुरु हुने युबा संगठनको राष्ट्रिय परिषद् बैठकको थापाले बुटवलमा उद्घाटन गर्ने कार्यक्रम रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
राष्ट्रवादी प्रजतान्त्रिक शक्ति निर्माण गर्न अब ढिलो गर्नु हुन्न।जनताले कंग्रेस र कम्युनिष्टको विकल्प खोजि रहेको छ।देशको वर्तमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टी एकताको पक्षमा साहसिक र उदार निर्णय गर्न राप्रपा (संयुक्त)लाई आह्वान गर्दछु
— Kamal Thapa (@KTnepal) September 5, 2019












प्रतिक्रिया