१५ कार्तिक २०८३, आइतबार

प्रदेशसभा सचिवालय सम्बन्धी विधेयकमा विवेकशीलका सांसदको विरोध

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । विवेकशील नेपाली दलले ‘प्रदेश सभा सचिवालय ऐनलाई संसोधन गर्न बनेको विधेयक’मा राजनीतिक नियुक्तिमार्फत सचिव नियुक्त गर्ने प्रावधानमा विरोध जनाएको छ ।

प्रदेश नं ३, प्रदेश सभाको चौथो अधिवेशनको २९औँ बैठकमा प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमकट्टेलले विधेयक पेश गरेका थिए ।

राजनीतिक नियुक्ति पाएका सचिवले उत्तरदायी पनि राजनीतिक नेताप्रति नै हुने भएकाले राजनीतिक नियुक्ति गर्न नहुने विवेकशीलका सांसदहरुको भनाई छ ।

‘प्रदेश मन्त्रीको नियतमा शंका छैन किनकी अहिले कर्मचारी अभावका कारण वाधा परेकाले फुकाउनु पर्ने वाध्यता छ, तर यो गलत सँस्कारले गलत नजीर बस्न जान्छ’ विवेकशीलका सांसद विराजभक्त श्रेष्ठले भने । यसरी प्राविधिक पदहरुमा व्यक्तिगत इच्छाले राजनीतिक नियुक्ति दिँदा विधिको शासन स्थापित हुनै नसक्ने विवेकशीलका सांसदहरुको भनाई छ ।

विवेकशीलकै अर्का सांसद रमेश पौड्यालले पनि आफूहरुले सदनमा रचनात्मक आलोचना गरेको र यसलाई ग्रहण गर्न आग्रह गरे । ‘हाम्रो आलोचनामा पूर्वाग्रह छ भने बरु हामीलाई सचेत सचेत गराईदिनुहोस् तर, स्वस्थ सुझावहरु ग्रहण गर्नुहोस्’ उनले भने ।

प्रदेशमा कर्मचारी अभाव हुँदा छिटोछरितो व्यवस्थापन गर्न भन्दै हतारमा विधेयक ल्याइएको विवेकशील नेपाली दलका सांसदहरुको भनाई छ ।