
काठमाडौँ, १८ भदौ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गएरातिको वर्षाले एउटा निर्माणाधीन घर भत्किएको छ ।
मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति आएको वर्षाले भत्किएका हो । घरको संरचनामात्र तयार भएकाले कुनै मानवीय क्षति भने भएको छैन ।
संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ।
कागेश्वरी मनोहरा-६ का वडा अध्यक्ष प्रकाश फुयाँलले मूलपानीका अन्य स्थानमा पनि हिजो राति स-साना पहिरो गएको तथा घर भित्र पानी पसेको जनाएका छन् ।












प्रतिक्रिया