
काठमाडौँ, १६ भदौ । प्रहरीले बाँकेको राँझामा गाेली चलाएर एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
चोरी तथा डकैती मुद्धामा सर्वस्व कैद सजाय सुनाइएपछि फरार नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
६ वर्षअघि चोरी तथा डकैती अपराधमा सर्वस्व कैद सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नं. ४ का न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
आज नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिनु परेको प्रहरीको दाबी छ ।
न्यौपानेको देब्रे खुट्टामा गोली लागेको छ । गोली लागी घाईते भएका न्यौपानेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको कोहलपुर प्रहरीले जनाएको छ ।
न्यौपानेलाई २०६८ साल असोज ६ गते चोरी तथा डकैटी मुद्धामा जिल्ला अदालत बाँकेले सर्वस्व कैदको सजाय सुनाएको थियो ।











प्रतिक्रिया