काठमाडाैं, १६ भदाै । कुनै पनि बैंकको कार्ड एटीएम बुथमा घोटेपछि मेसिनले पढ्छ। आफ्नै बैंकको कार्ड छ भने सिधै ‘होस्ट’ अर्थात् बैंकको केन्द्रीय प्रणालीसँग जोडिदिन्छ ।
त्यहाँबाट भुक्तानी स्वीकृति गराएपछि मेसिनले पैसा दिन्छ। अर्को बैंकको कार्ड छ भने प्रक्रिया लम्बिन्छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।
कार्डको सुरुका चार अंक बैंकको पहिचान नम्बर हुन्। बैंक आइडेन्टिफिकेसन नम्बर (बिन) भनिने यस्तो नम्बरको सहायतामा मेसिनले कुन बैंकको कार्ड हो भन्ने पहिचान गर्छ।
त्यसपछि आफ्नो एटीएम सर्भरमा विवरण पठाउँछ। नेपालमा नबिल, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट र सनराइज बैंकसँग यस्ता सर्भर छन्। अन्य बैंक तथा वित्तीय संस्थाले यिनै पाँच सर्भर चलाउँछन्।
‘स्विच’ पनि भनिने सर्भरले भिसाको प्रणालीमा विवरण पठाउँछ। त्यसले फेरि बिनकै आधारमा त्यो कार्डको सर्भरमा विवरण पठाउँछ। जस्तैः–नबिलको एटीएममा घोटेको कार्ड प्रभुको हो भने भिसाले उक्त विवरण नेप्समा पठाउँछ।
क्रेडिट कार्ड प्रयोग गरी ऋण मागिएको छ भने नेप्सले आफैं भुक्तानीका लागि स्वीकृति दिन्छ। निक्षेप झिक्न खोजिएको हो भने कार्ड जारी गर्ने बैंकको केन्द्रीय प्रणालीलाई सोध्छ।
त्यसपछि बैंकको खाताबाट पैसा झिकेर व्यक्तिको खातामा रकमान्तर भएपछि एटीएम मेसिनले पैसा दिन्छ। ह्याकरले पैसा झिक्दा नेप्सको प्रणालीसम्म सूचना नआएको दाबी अधिकारीले गरेका छन्।
यो क्रममा भिसाले नेप्सलाई पठाएको सूचना अन्यत्रै पुगेर कतैबाट रकम भुक्तानीको स्वीकृति पाएको प्राविधिकले बताएका छन्।















प्रतिक्रिया