१२ मंसिर २०८३, शनिबार

कहिले सकिन्छ प्रधानमन्त्री ओलीको उपचार ? यस्तो आयो जानकारी

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार पुरा हुन अझै केही दिन लाग्ने भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बुधबार ओलीको उपचार प्रक्रिया पूरा हुने जानकारी दिएका छन् । १२ वर्षअघि मिर्गोलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली यही भदै ५ गते उपचारका लागि दोस्रो पटक सिंगापुर गएका थिए।

उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भदौ ६ गतेबाट उपचार भइरहेको छ।

सिंगापुरमा ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गरिँदै आएको छ । अहिलेसम्म पाँचौ चरणको प्लाज्मा फेरेसिस पूरा भइसेकेको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार सोमबार छैठौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उनको उपचार प्रक्रिया पूरा हुनेछ।

प्रेस सल्लाहकार अर्यालले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको अर्यालले जानकारी दिएका छन् ।

बुधबार सातौँ चरणको प्लाजा फेरेसिसपछि प्रधानमन्त्रीको सवस्थ अवस्थाको टुंगो लाग्ने र त्यसपछि थप अस्पताल बस्नु पर्ने नपर्नेबारे थाहा हुने बताइएको छ ।