६ कार्तिक २०८३, शुक्रबार

दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन, १० दिनमा पाइपलाइनबाट तेल आउने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदाै । अब १० दिनमा नेपाल र भारत पेट्रोलियम पाइपलाइनबाट तेल आउने भएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

पेट्रोलियम पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले १० सेप्टेम्बर (२४ भदौ) गर्ने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका प्रवक्ता नवराज ढकालले पाइपलाइनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट गर्ने कार्यक्रम तय भएको बताए ।

प्रवक्ता ढकालले दुवै देशका प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको उद्घाटन आप्mनै कार्यकक्षमा रहेर रिमोट कन्ट्रोलमार्फत संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको बताए ।

‘पेट्रोलियम पाइपलाइनको उद्घाटन कार्यक्रम तय भइसकेको भए पनि सुरक्षा जिम्मा कसलाई दिने टुंगो लागेको छैन, पेट्रोलियम पाइपलाइन सुरक्षाका लागि कसलाई दिने भन्ने विषय गृह मन्त्रालयलाई दिएको छ । नेपाली सेनालाई दिने कि सशस्त्र प्रहरीलाई दिन गृह मन्त्रालयको निर्णय हुन्छ,’ प्रवक्ता ढकालले भने ।

नेपाल आयल निगमका अनुसार प्रधानमन्त्री ओलीले पाइपलाइनको रिमोट कन्ट्रोल अन गरेपछि अमलेखगन्जमा रहेको पाइपलाइनको भल्भ खुल्नेछ भने भारतबाट प्रधानमन्त्री मोदीले रिमोट कन्ट्रोलबाट उद्घाटन गर्दा मोतीहारीमा पाइपलाइनको भल्भ खुल्नेछ ।

संयुक्ता रूपमा दुवै देशका प्रधानमन्त्रीले पाइपलाइनको गरे पनि २४ भदौबाट नियमित रूपमा पाइपलाइनबाट तेल आयात हुनेछ ।

रिमोटमार्फत पाइपलाइनका उद्घाटनपछि अमलेखगन्ज, मोतीहारी, दिल्ली र बालुवाटारमा स्क्रिनमा देखिनेछ । निगमका अनुसार पाइपलाइनबाट दैनिक करिब ३ हजार ५ सय किलोलिटरसम्म डिजेल आयात गरिनेछ ।

पाइपलाइनबाट आएको डिजेल बाराको अमलेखगन्जमा रहेको डिपोमा जम्मा गरिने जनाइएको छ । औपचारिक रूपमा २४ भदौबाट आउने भए पनि पाइपलाइनबाट तेल एक महिनाअघि नै आइसकेको थियो ।

राष्ट्रिय गौरवका परियोजनाको ढिलासुस्ती भए पनि राष्ट्रिय गौरवको परियोजना मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको काम भने निर्धारित समयभन्दा आठ महिनाअघि सकिएको थियो ।