१२ मंसिर २०८३, शनिबार

गौहत्या गर्नेलाई हदैसम्मको कारबाही हुने, गृहले बनायो छानबिन समिति

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । गौहत्यामा संलग्न भएकालाई हदैसम्मको कारबाही हुने भएको छ । शनिबार छानबिन समिति समेत गठन गरी गृह मन्त्रालयले यस्तो प्रतिबद्धता जनाएको हो ।

‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति दिइनेछैन’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ ।

शुक्रबार  नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको थियो । नेपालगंज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालिएको हो ।

नेपालगंजबाट ट्रकमा राखेर ल्याइएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मारिएको अवस्थामा फेला परेका थिए ।

ट्रकमा राखेर ल्याइएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका हुन् ।

उक्त घटनाको छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन दिनेछ ।