१२ मंसिर २०८३, शनिबार

एनसेल प्रकरण : सर्वोच्चविरुद्ध विप्लवको आन्दोलन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलसँग कर असुलीबारे सर्वोच्च अदालतको आदेश खारेज गर्न प्रतिबन्धित नेकपा विप्लव समूहले चेतावनी दिएको छ ।

सरकारको निर्देशनका आधारमा सर्वोच्च अदालतले राष्ट्रघाती आदेश गरेको भन्दै विप्लव समूहले त्यसविरुद्ध आन्दोलनको घोषणा पनि गरेको छ । ‘पार्टीले अदालतको यो आदेशका विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ, सरकारको निर्देशनमा नै यो राष्ट्रघाती आदेश आयो’, महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘एनसेलबाट अरबौँ रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारबाहीका लागि जनता उठ्नेछन् ।’

भदौ १७ गते न्यायाधीशहरुको पुत्ला दहन, १९ गते देशभर मसाल जुलुस, २१ गते एनसेल कार्यालयहरुमा विरोध प्रदर्शन, २३ गते एनसेल कार्यालयमा तालाबन्दी र २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो तल्ने कार्यक्रम तय गरिएको छ ।