
काठमाडौं, १४ भदौ । सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनकी नीजि चिकित्सक डा. दिव्यासिंह शाहले जनाएकी छन् ।
प्रधानमन्त्री ओलीसँगै उपचारका शिलशीलामा शाह पनि सिंगापुर गएकी थिइन् । हालै नेपाल फर्किएकी उनले भनिन्,‘उहाँको एन्टिबडीविरुच उपचार भइरहेको छ, प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार भइरहेका कारण केही समय लाग्न सक्छ ।’
बरिष्ठ मिर्गौला रोग विशेषज्ञ शाह प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुने विषयमा ढुक्क छिन् । सिंगापुरमा भइरहेको उपचार पद्दती अत्याधुनिक भएको र प्रधानमन्त्री स्वस्थ्य हुने उनले जनाएकी छन् ।















प्रतिक्रिया