६ कार्तिक २०८३, शुक्रबार

राति किन गाई लगियो ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, १४ भदाै । नेपालगन्जको बिर्तास्थित कान्जी हाउसबाट गाई उठाएर लैजान जिल्ला प्रशासनको ‘फितलो पत्र’ प्रमुख अधार बनेको छ ।

सीडीओ कार्यालयले सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म लैजान अनुमति दिँदै सहयोगका लागि विभिन्न निकायलाई आग्रह गरेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

तर, किन लैजाने त्यसमा खुलेको छैन। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले ८ भदौमा ‘चौपाया व्यवस्थापन सम्बन्धमा’ भनेर लेखेको सिफारिसपत्रमा गाई लिने संघसंस्था वा निकायको नाम उल्लेख छैन ।

‘जो–जसँग सम्बन्ध राख्दछ’ भनिएको छ। ८ भदौकै उपमहानगरपालिकाको पत्र उद्धृत गर्दै त्यसमा लेखिएको छ, ‘गाई, गोरु, बाच्छाबाच्छीसमेत गरी करिब ३७० पशु चौपायाहरू नगर प्रहरी र स्थानीय तहको समन्वयमा सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म लैजानका लागि अनुरोध भई आएको हुँदा आवश्यक सहयोगका लागि अनुरोध छ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उपमहानगरपालिकाले ‘असल मनसाय’ ले सहयोग मागेपछि सिफारिस गरिएको सुनाए ।

त्यही ‘असल मनसाय’ को परिणाम गाई भीरबाट समेत खसालिएका छन्। प्रशासनले पत्रको बोधार्थ बाँके, बर्दिया, सुर्खेत र दैलेखको प्रहरी, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, चेकपोस्ट र नेपालगन्ज उपमहानगरपालिकालाई दिएको छ ।