
काठमाडौं, १३ भदौ । कुशे औंशी तथा बाबुको मुख हेर्ने दिन पूर्वयुवराज पारस शाहलाई उनकी छोरीले श्लोकमार्फत शुभकामना दिएकी छन् ।
उनले लेखेकी छन्–
पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥
जनिता चोपनेता च यस्तु विद्यां प्रयच्छति
अन्नदाता भयत्राता पञ्चैते पितरः स्मृताः
परिवारसहित तस्बिर राख्दै सामाजिक सञ्जालमा उनले पारसका लागि यस्तो श्लोक लेखेकी हुन् । उनले भाई हृदयेन्द्रले बाबुलाई मिष्ठान्न गराएको तस्बिर पनि राखेकी छन् ।
पूर्णिका हाल अध्ययनका क्रममा थाइल्यान्डमा छिन् ।











प्रतिक्रिया