६ कार्तिक २०८३, शुक्रबार

नेपाल–चीन सैन्य अभ्यास

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदाै । नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास बुधबार काठमाडौंमा सुरु भएको छ। यसलाई सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम २०१९ भनिएको छ। यो अभ्यास भदौ २४ सम्म चल्नेछ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास सुरु भएको पुष्टि गरे। ‘नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच नियमित सैन्य तालिम हो’, सैनिक प्रवक्ता पाण्डेले भने, ‘सैन्य कूटनीतिलाई दरिलो बनाउन नेपाली सेनाले अन्य मुलुकका सेनासँग पनि संयुक्त रूपमा विभिन्न तालिम गर्दै आएको छ।’

नेपाली सेनाको विशेष बाहिनी महाराजगन्जमा औपचारिक रूपमा सैन्य अभ्यास सुरु गरिएको हो। विशेष बाहिनीसँगै भक्तपुरको नगरकोटमा हुने तालिम सञ्चालन हुनेछ ।

दुवै मुलुकका महासेनानीको नेतृत्वमा २२/२२ जना सहभागी छन्। अभ्यास अवलोकन गर्न चिनियाँ जनमुक्ति सेनाको पर्यवेक्षक टोली भदौ २० मा काठमाडौं आउने स्रोतले बताएको छ । नेपाली सेनाका तर्फबाट पर्यवेक्षक टोलीसमेत सहभागी हुनेछ ।