काठमाडौं, १३ भदाै । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद बैठक नबसेको बताएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।
गत सोमबार नेपालकै ईतिहासमा मन्त्रीपरिषद बैठक भिडियो कन्फरेन्स मार्फत भएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधार उन्मुख भएको बताएका थिए ।
‘भिडियो कन्फरेन्स मार्फत बैठक भयो, प्रधानमन्त्री ज्यूको स्वास्थ्य लाभको कामना हामीले गर्यौ, प्रधानमन्त्री ज्युले आफ्नो स्वास्थय स्थित सुधार उन्मुख छ, प्रगति उन्मुख रहेको बताउ्रँनुभयो’ सञ्चारमन्त्री बाँस्कोटाले बैठक पश्चात गत सोमबार भनेका थिए ।
तर बिहीबारको प्रतिनिधिसभा बैठकमा मन्त्री बास्कोटाले बैठक नभई ‘हेल्लो हाय’ मात्रै भएको बताएका छन् । मन्त्रिपरिषद्को बैठक नबसेको जिकिर गर्दै उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रूपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि पोखेका छन् ।
तर भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका थिए भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए् । त्यस दिन मन्त्री बाँस्कोटाले समेत बैठक भएको स्वीकार गरेका थिए ।
यसैगरी बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयको काम, समस्या लगायतका बिषयमा छोटो छलफल भएको बताउँदै उनले मन्त्रीहरुको कुरा सुनेर प्रधानमन्त्री ओलीले आवश्यक निर्देशन दिएको मन्त्री बाँस्कोटाले बताएका थिए ।
बैठक सम्पन्न भएलगतै प्रधानमन्त्री ओलीले समेत टिवट गर्दै प्रविधि र प्राबिधिकलाई धन्याबाद दिएका थिए ।
‘प्रविधि र प्राबिधिकलाई धन्याबाद दिन चाहन्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषद बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरुलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरुलाई धन्याबाद ।’ प्रधानमन्त्री ओलीले आफ्नो टिवटमा लेखेका थिए ।
यसैगरी प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले पनि ‘सिंगापुर देखी काठमाडौंः पहिलो पटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषद बैठक बस्दै’ भन्दै बैठकका केही तस्बिर टिवट गर्दै सार्वजनिक गरेका थिए ।















प्रतिक्रिया