
-प्रतिक पौडेल
रुपन्देही, १२ भदौ । रुपन्देही प्रहरीले आफ्नै छोरीलाई हत्या गर्ने एकजनालाई १९ वर्षपछि पक्राउ गरेको छ ।
विष्णुपुरा ९ हाल गैडहवा गाँउपालिका वडा नं. ६ गुलरीया बस्ने ६३ वर्षीय पुर्णवासी लोनीयालाई १९ वर्षपछि सिद्धार्थ नगर पालिका वडा नं.५ मालपोत कार्यालय अगाडीबाट भदौ ११ गते पक्राउ गरेको हो ।
२०५४ साउन २३ गते लोनीयाले छोरी हराएको भनी निजले आफनो छोरी वर्ष १५ की कान्ती लोनीयालाई आफनो घरमा हत्या गरेका थिए । घरदेखि अन्दाजी १ किलोमिटर टाढाको दुरीमा रहेको घाटमा आफैले बोकेर खाल्टो खनेर पुरेका थिए ।
२०५४ भदौ १३ गते गाँउका महिलाहरु घाँस काट्न जाने क्रममा खेतमा मानिसको कपालको रौहरु, चुराहरू, कपडाका टुक्रा तथा हड्डीहरुको साथै खेतको मेडीमा खनेको माटो र माटोमा दुईवटा प्वालबाट मानिसको टाउको देखिएपछि घटनाको बारेमा खोजी गरियो ।
उखुबारीमा रहेका कपडाको टुक्राहरु पुर्णवासी लोनीयाको छोरी अन्दाजी वर्ष १५ कान्ती लोनियाले लगाउने गरेको भन्ने थाहा पाइएको थियो । पुर्णवासी लोनियालाई गाउँका मानिसले सोधपुछ गर्न बोलाउँदा भागी फरार रहेका थिए ।
उक्त स्थानमा प्रहरीले घटनास्थलमा पुगेर लाशको टाउको छुट्टीएको आखाँ नभएको कंकाल निकालेका थिए । गाउँलेहरुले कान्ती लोनियाकै लाश भनी सनाखत गरेको र निजको बुबा पुर्णवासी लोनीया पटक पटक छोरीलाई कुटपिट गर्ने समेत गरेको हुदाँ निजले नै कर्तव्य गरेर मारेको भनी जाहेरी दिएका थिए ।
कर्तव्य ज्यान मुद्धामा अनुसन्धान सम्पन्न भई मिसिल जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा पेश गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत जिल्ला अदालत रुपन्देहीमा मुद्धा दायर भई मुल्तबीमा रहेकोमा निज प्रतिवादीलाई खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया