६ कार्तिक २०८३, शुक्रबार

नेकपा सचिवालयले पहिला गरेको गल्ती सच्याएको हो ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण घोषणाका बेला वरियतामा तेस्रो नम्बरमा नेता माधवकुमार नेपाललाई ल्याएर गरेको गल्ती अहिले सच्याएको कतिपय नेताले बताएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच हालै भएको सचिवालयको बैठकको विवाद सतहमा आउनुका साथै चौथो बरियतामा रहेका नेता झलनाथ खनाललाई नेपालमाथि तेस्रो बरियतामा बढुवा गरिएको थियो ।

नेपाल समूहले उक्त निर्णयको आलोचना गरेको थियो । तर, पार्टी एकीकरणका बेला भएको गल्तीलाई अहिले सच्याइएको कतिपयले बताएका छन् ।

नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले सचिवालयले बुद्धिमता हिसाबले निर्णय लिएको बताएका छन् । सचिवालयले पहिला गरेको गल्ती अहिले सच्याएको उनले बताए ।

त्यसो त एकीकरण घोषणाका बेला खनाल उपचारका क्रममा चीनमा रहेका थिए । सोही मौकामा नेपाललाई तेस्रो बरियतामा ल्याइएको थियो, जसको खनालले प्रतिवाद गरेका थिए ।

खनालले पनि त्यसबेला भएको गल्ती सच्याइएको बताए । तत्कालिन एमालेमा महाधिवेशन पहिलाका अध्यक्ष दोस्रो वरियतामा हुने नियम थियो । एकीकरणपछि तत्कालिन एमालेका दोस्रो वरियताका नेता नेकपामा तेस्रो हुनुपर्ने थियो ।

तर एकीकरणका बेला खनाल नभएको मौकामा नेपालले वरियतामा आफूलाई अगाडि उभ्याउन सफल भएका थिए । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिका आधारमा नै त्यसबेला भएको त्रुटी सच्याइएको भन्दै सचिवालयमा खनालको बरियता सर्वसम्मत गराएका थिए । सोही कारण नेपाल बिच्किएका छन् ।